विराटचोकः तिहारको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँ र चाँदी तोलामा ७५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
गत शुक्रबार सुनको भाउ तोेलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ बढेको थियो ।







