विराटचोकः कात्तिक महिनाको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक १६.६७ अंक बढेर २५०३.८५ विन्दुमा अडिएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ ।
आज कारोबारमा आएका २४९ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक किनबेच हुँदा २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ रुपैयाँको कारोबार भएको हो । बिहीबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । हिमालयन पावर पार्टनर र भगवती हाईड्रोपावर कम्पनीको शेयर मूल्य पनि झण्डै १० प्रतिशतले बढेको छ । एशियन हाइड्रोपावर र अभियान लघुवित्त उच्च मूल्य बढ्ने अन्य कम्पनीमा परेका छन् ।
कालिका लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, मुक्तिनाथ विकास बैंकलगायत उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २८ करोड १० लाख ९४ हजार ३६५ रुपैयाँको शेयर किनबेच भएको छ । हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, सीइडीबी होल्डिङ्स लिमिटेड र हिमालयन रिइन्स्योरेन्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
कारोबारमा १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ । आज अन्य उप समूहको सूचक सर्वाधिक १.१६ प्रतिशतले बढेको छ । विकास बैंक, निर्जीवन बीमा र सामुहिक लगानी कोषको सूचक घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४१ खर्ब ८५ अर्ब ७७ करोड ३३ लाख ६३ हजार ७६४ रुपैयाँ कायम भएको छ ।







