Friday, December 5, 2025
Homeफिचररेफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय

रेफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय

विराटचोकः स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा बिन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रेफर) आवश्यक नपर्ने जनाएको छ ।

बीमितहरूले प्रथम सेवा बिन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रक्रियागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक स्तरको २७ असोजको निर्णयअनुसार बीमितहरूको उपचार प्रक्रिया सहज र सरलीकृत हुने बोर्डले जनाएको छ । अब प्रथम सेवा बिन्दुबाट रेफर गरिसकेको बिरामीलाई पुनः रेफर आवश्यक नभएको बताइएको छ ।

बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी सो विषयमा जानकारी गराइसकिएको बोर्डले जनाएको छ ।

बोर्डले क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमरजस्ता कडा रोगहरूमा एक पटक मात्र प्रेषण आवश्यक पर्ने निर्णय गरेको छ । सोही रोगका फलोअप उपचारका लागि पुनः रेफर लिनु नपर्ने व्यवस्था गरिएको हो ।

त्यसैगरी अति गरिब परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल क्षयरोगी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकाका हकमा पनि सोही सुविधा लागू हुने बोर्डले जनाएको छ ।

आँखा स्वास्थ्यसम्बन्धी जटिल समस्या, गर्भवती तथा सुत्केरी महिला (जटिल प्रसूति वा सिजेरियन) र दम, सिजोफ्रेनिया, बाइपोलर डिसअर्डरजस्ता मानसिक रोगका बिरामीलाई पनि फलोअप उपचारका लागि पुनः प्रेषण आवश्यक नपर्ने निर्णय बोर्डले गरेको छ ।

यदि प्रेषण भई उपचारको क्रममा अर्को रोगको पनि परीक्षण आवश्यक भएमा सोही अस्पतालभित्रै अर्को विभागमा रेफर मार्फत सेवा लिन सकिने भएको छ । तर, उक्त विभागमा पुनः फलोअप गर्नुपर्ने अवस्थामा भने नयाँ रेफर आवश्यक हुने बताइएको छ ।

अस्पतालहरूले बिरामीको प्रेस्क्रिप्सनमा फलोअपको सम्भावित मिति वा अवधि अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने र हरेक पटक क्लेम गर्दा पहिलो रिफर नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।

देशभर बोर्डमा प्रथम सेवा बिन्दु भएका ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments