Friday, December 5, 2025
Homeफिचरवाणिज्य बैंकले कात्तिकमा पनि घटाए ब्याजदर

वाणिज्य बैंकले कात्तिकमा पनि घटाए ब्याजदर

विराटचोकः वाणिज्य बैंकहरुले कर्जा लगानी बढाउन नसकेपछि कात्तिक महिनाका लागि पनि ब्याजदर घटाएका छन् ।

सबैभन्दा बढी माछापुच्छ्रे बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर एक प्रतिशतले घटाएका छन् । त्यस्तै नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, बैंक, ग्लोबल आइएमइ बैंक र हिमालयन बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

नबिल बैंक, प्रभु बैंक, एनआइसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र कृषि विकास बैंकले व्याजदर एक प्रतिशत भन्दा कमले घटाएका छन् ।

एक वर्ष अघिदेखि बैंकको ब्याजदर एकल अङ्कमा छ । अर्थतन्त्रमा आएको शिथिलता र निजी क्षेत्रको मनोबल नबढ्दा बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम थुप्रिँदै गएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments