Friday, December 5, 2025
Homeखेलकुदलेटाङमा कोशी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु, उद्घाटनको दिन ५ खेल

लेटाङमा कोशी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु, उद्घाटनको दिन ५ खेल

लेटाङः लेटाङ नगरपालिका र लेटाङ नगर भलिबल क्लबको संयुक्त आयोजनामा आयोजित कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता शुरु भएको छ । पहिलो दिन पुरुषतर्फ ३ र महिलातर्फ २ प्रतियोगिता सम्पन्न भएका छन् ।

पुरुषतर्फ उद्घाटन खेलमा आयोजक लेटाङले मिक्लाजुङ गाउँपालिकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ भने उर्लाबारीले रतुवामाईलाई र इटहरीले झापालाई हराएका छन् ।

त्यस्तै, महिलातर्फ दमकले पथरीलाई पराजित गरेको छ भने केपिलासगढी (खोटाङ) ले आयोजक लेटाङ–‘बी’ लाई पराजित गरेको छ ।

असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा २४ टिम सहभागी छन् । जसमा १६ टिम पुरुष र ८ टिम महिला छन् । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम हुन टिमले नगद १ लाख र दोस्रो हुने टीमले नगद ५० हजार पुरस्कार र ट्रफी हात पार्नेछन् ।

प्रतियोगिताको उद्घाटन लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीले गर्नुभयो । लेटाङ नगर भलिबल क्लबका अध्यक्ष ललितबहादुर लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी पोख्रेल निरौलालगयतका जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments