Friday, December 5, 2025
Homeकला र साहित्यक्याफेमा कविताको आठौँ शृङ्खलामा आठ जना कविका कविता प्रस्तुत

क्याफेमा कविताको आठौँ शृङ्खलामा आठ जना कविका कविता प्रस्तुत

विराटचोकः शनिबार इटहरीस्थित धरानलाइनमा रहेको माइतीघर क्याफेमा ८ जना कविले आफ्ना रचना सुनाएका छन् । नेपालबिट मिडिया प्रालिले सञ्चालन गर्दै आएको क्याफेमा कविताको आठौं शृङ्खलामा नयाँ पुस्ताका ८ जना कविले कविता वाचन गर्नुभएको हो ।

कस्तुरी कलेज, विश्व आर्दश कलेज, सुषमा कलेज, जनता कलेज इटहरी र आदर्श कलेज विराटनगरमा अध्ययनरत ८ जना विद्यार्थीहरूले कविता प्रस्तुत गरेका थिए ।

कविहरू सौगात थापा, अभिषेक खतिवडा, जीवन निरौला, पुष्पा बोगटी, ट्रिङ्कल घले, प्रतिक्षा गिरी, सुयोग दाहाल र दिरेन भट्टले कविता वाचन गर्नुभएको हो ।

साहित्यकार श्रीप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुषमा कलेज इटहरीका प्राचार्य बोधराज नेपाल रहनुभएको थियो। कार्यक्रमको सञ्चालन नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments