Friday, December 5, 2025
Homeफिचरआजदेखि आईपीओ निष्काशन गर्दै श्रीनगर एग्रीटेक इन्डष्ट्रिज

आजदेखि आईपीओ निष्काशन गर्दै श्रीनगर एग्रीटेक इन्डष्ट्रिज

विराटचोकः आजदेखि श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख २३ हजार ९७५ कित्ता शेयर कर्मचारीहरुलाई बाँडफाँड गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

निष्कासन बन्द छिटोमा असोज २९ गते हुनेछ भने ढिलोमा कात्तिक ९ गते हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments