Friday, December 5, 2025
Homeखेलकुदअसोज २६ देखि आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय...

असोज २६ देखि आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप हुने

बेलबारीः यही असोज २६ गतेदेखि बेलबारी–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशालामा आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप हुने भएको छ ।

एलएक्स सिटी फुटबल क्लबको आयोजनामा हुने सो गोल्डकपको फाइनल खेल कात्तिक १ गते हुने भएको छ । प्रतियोगितामा आयोजक एलएक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाईज युनाईटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर र भारतको लिजेण्ड फुटबल एकेडेमी सहभागी हुने आयोजकले जनाएको छ ।

आयोजक क्लबका महासचिव शम्भु बस्नेतका अनुसार उद्घाटन र समापन समारोह अन्तर्राष्ट्रिय स्तरको हुने छ । विजयी टिमले डेढ तोला सुन र ३ केजी चाँदी जडित आकर्षक रनिङ ट्रफी पाउनेछ । सो रनिङ ट्रफी पूर्ण रूपमा आफ्नो स्वामित्वमा प्राप्त गर्नका लागि कुनै पनि टिमले लगातार तीन पटक प्रतियोगिता जित्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आम्दानी ७२ लाख रुपैयाँभन्दा बढी हुने र खर्च करिब ६३ लाख रुपैयाँ हुने आयोजकले जनाएको छ । विजेताले आठ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले चार लाख रुपैयाँ पाउनेछन् । साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

सातौँ संस्करणमा झापा–११ फुटबल क्लब, बिर्तामोड विजयी भएको थियो । मुख्य प्रायोजक आरजु राइस मिल र आयोजक एलएक्स सिटी फुटबल क्लबबीच गोल्डकपका लागि दीर्घकालीन सहकार्यको समझदारी भएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments