जितपुरः धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकास्तरीय राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाले टङ्कबहादुर कार्कीको सभापतित्वमा नगर कमिटी चयन गरेको छ ।
सोमबार महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा भएको भेलाले सङ्गठन विभाग प्रमुखमा चन्द्रप्रसाद पोखरेललाई चयन गरेको छ ।
सदस्यहरूमा तीर्थ कार्की, जीतबहादुर कटुवाल, बिनुता कालाखेती, राजन कार्की, रामजी बुढाथोकी, ओमप्रसाद गिरी, सन्तोष सुन्दास, मनोज भुजेल र सुजन पौडेल चयन हुनुभएको छ ।
सल्लाहकार समितिको संयोजकमा तुलसीजंग बुढाथोकी तथा सदस्यहरुमा ज्ञानबहादुर पौडेल, ठाकुरचन्द्र कार्की र रेवतबहादुर चापागाईँ चयन हुनुभएको छ ।
महालक्ष्मी नगरपालिकाको र्यापिड एक्सन टिम सुरेश कार्कीको संयोजकत्वमा निर्माण गरिएको छ । सो टिमको सह संयोजकमा रोशन पौडेल रहनुभएको छ । त्यस्तै सदस्यहरूमा विक्रम खड्का, पुष्प चापागाईँ, भानुभक्त कटुवाल, फणिन्द्र चापागाईँ, रामकृष्ण दर्नाल, राजन कार्की, सरोज थापा, गणेश भट्टराई, मिलन पौडेल, राजनकुमार ठकुरी र अर्जुन कार्की चुनिनुभएको छ ।
कार्यक्रमको सभापतित्व रास्वपाका प्रदेश सङ्गठन विभाग सदस्य शम्भुप्रसाद पाण्डेले गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा उद्योग प्रवद्र्धन विभाग प्रमुख दीपक गुरागाईँ, जिल्ला सभापति बालनन्द दाहाल, जिल्ला सहसचिव एवम् सङ्गठन विभाग प्रमुख भुवन थापा, र्यापिड एक्सन टिमका संयोजक दर्शन थापालगायतको उपस्थिति थियो ।







