Friday, December 5, 2025
Homeफिचरभदौमै मनाइयो दशैं

भदौमै मनाइयो दशैं

गोरखाः केही वर्ष अघिदेखि गोरखाका केही स्थानमा एक महिनाअघि नै दशैं पर्व मनाउने गरिन्छ । यस वर्ष पनि हिजो दशैंको टीका लगाएर दशैं मनाइएको छ ।

गोराखाको सिरानचोक गाउँपालिका तथा गोरखा र पालुङटार नगरपालिकाका केही स्थानमा मङ्गलबार टीका–जमरा लगाएर दशैं मनाइएको हो । ‘पर्व समय सुधार राष्ट्रिय समाज’को आयोजनामा दशैं मनाइएको हो ।

समाजले भदौ ८ गते घटस्थापना भन्दै सिरानचोक गाउँपालिकाको श्रीनाथमण्डली देवीथानमा जमरा राखेको थियो । भदौ १४ गते फूलपाती र १५ गते बलिसहितको अष्टमी पूजा गरिएको समाजको गोरखा शाखा अध्यक्ष तुलसा मरहठ्ठाले जानकारी दिनुभयो ।

२४ घण्टाको एक दिन भनिए पनि ३ दशमलव २७ सेकेन्ड अपुग हुने र दिनहुँ यसरी समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने भएकाले दशैं एक महिना अगाडि सरेको समाजको दाबी छ । केही वर्षदेखि गोरखाका केही स्थानमा समाजले यसरी नै दशै मनाउँदै आएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments