Friday, December 5, 2025
Homeफिचरआज चौथो दिन पनि सुन र चाँदीको भाउले बनायो उच्च मूल्यको नयाँ...

आज चौथो दिन पनि सुन र चाँदीको भाउले बनायो उच्च मूल्यको नयाँ रेकर्ड

विराटचोकः शुक्रबारदेखि दिनहुँ सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेका छन् । हिजो कायम भएको उच्च मूल्यको रेकर्डलाई तोडेर आज सुन र चाँदी दुवैको मूल्यले उच्च मूल्यको नयाँ कीर्तिमानी बनाएको छ । आज सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ४८५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments