विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । योसँगै सुनको मूल्यले लगातार तेस्रो दिन उच्च मूल्यको नयाँ रेकर्ड बनाएको हो । साउन २३ गतेको उच्च मूल्यको रेकर्ड भदौ १३ गते तोडिएको थियो । सो रेकर्ड भदौ १५ गते तोडियो भने हिजो भदौ १५ को रेकर्ड आज ब्रेक भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको छ । सुनको भाउ आज तोलामा १ हजार ७०० रुपैयाँ बढेको हो । चाँदीको भाउ तोलमा ४५ रुपैयाँ बढेर प्रति तोला २ हजार ४७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको थियो ।







