विराटचोकः चाडपर्व नजिकिएसँगै सुन्दरहरैंचा नगरपालिकाको वडा नं. ४ मा अवस्थित गोदावारी रिभर साइड रिसोर्टले चाडपर्व लक्षित विशेष योजना ल्याएको छ ।
रिसोर्टका अध्यक्ष युवा व्यवसायी रमेश खड्काले चाडपर्वलाई लक्षित गर्दै विशेष प्याकेज र सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो । अध्यक्ष खड्काका अनुसार १० जनाभन्दा बढीको समूहमा आउँदा प्रवेश शुल्कमा र बोटिङमा २५ प्रतिशत छुट गरिएको छ । त्यस्तै खानामा १० प्रतिशत छुट गरिने भएको छ ।
रिसोर्टमा परिवारका लागि विशेष खानपानको व्यवस्था, सांस्कृतिक कार्यक्रम, र स्थानीय उत्पादनमा आधारित परिकारलाई प्राथमिकता दिइने भएको छ । पर्यटकलाई सुविधा सम्पन्न आवास, रमणीय नदी किनारको मनोरम दृश्य र आधुनिक सेवा सुविधाको अनुभव दिलाइने जनाइएको छ ।
पोखरीको बीचमा रहेको कटेजमा विशेष गरी बर्थ डे पार्टी र डिनर स्थल सञ्चालन गरिने जनाइएको छ । नयाँ सञ्चालक टिमले छोटो अवधिमै यसलाई पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेको छ । नयाँ वर्ष २०८२ सँगै गोदावरी रिसोर्ट सञ्चालनमा आएको हो ।







