विराटचोकः आख्यानकार श्याम सिङ्घकको उपन्यास कोइलाखादमाथि शनिबार बेलबारीमा परिचर्चा भएको छ । बेलबारी साहित्य विकास समितिद्वाराद्वारा आयोजित कार्यक्रममा विभिन्न साहित्यकारले कोइलाखादमाथि आफ्नो धारणा राख्नुभएको थियो ।
साहित्यकार इरान राई, लेखक तथा पूर्व सांसद हर्कमान तामाङलगायतले कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा केही साहित्यकारले आफ्ना साहित्यिक रचना वाचन गर्नुभएको थियो ।
समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन समितिका सहसचिव शिव पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रममा झापा, मोरङ, सुनसरीका साहित्यकारको उपस्थिति थियो ।







