खाँदबारीः सहसचिव सिर्जना थपलिया संखुवासभाको पहिलो प्रमुख जिल्ला अधिकारी हुनुभएको छ । जिल्लाको ४८ औँ प्रमुख जिल्ला अधिकारी हुनुभएकी उहाँ यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत हुनुहुन्थ्यो ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई सङ्खुवासभाको उन्नयनमा लगाउने जानकारी दिनुभयो ।







