Friday, December 5, 2025
Homeकला र साहित्यनझरेका फूलहरूको ‘स्रष्टासँग शनिबार’ को दोस्रो शृङ्खलामा डा. अस्मिता बिष्ट प्रस्तुत हुने

नझरेका फूलहरूको ‘स्रष्टासँग शनिबार’ को दोस्रो शृङ्खलामा डा. अस्मिता बिष्ट प्रस्तुत हुने

विराटचोकः नझरेका फूलहरूले भदौ महिनाका प्रत्येक शनिबार ‘स्रष्टासँग शनिबार’ कार्यक्रम प्रस्तुत गर्ने क्रममा भोलि शनिबार डा. अस्मिता बिष्टलाई प्रस्तुत गर्ने भएको छ । महेन्द्र बहुमुखी क्याम्पस धरानमा शिक्षण गर्नुुहुने डा. बिष्टसँगको साहित्यिक कार्यक्रम भोलि बिहान साढे सात बजे हुने भएको छ ।

कार्यक्रममा डा. बिष्टले आफ्ना केही कविता वाचन गर्नुहुनेछ । प्रस्तोता केपी घिमिरेका अनुसार भोलिको कार्यक्रम डा. दीपक न्यौपानेको सभापतित्व र कोशी प्रदेशका सांसद मानबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा हुन लागेको हो ।

शृङ्खलाको पहिलो कार्यक्रममा गत शनिबार इनरुवाका गजलकार राज भट्टराईले आफ्ना गजल सुनाउनुभएको थियो ।

भदौ महिनाका सबै कार्यक्रम सुन्दरहरैंचा – १० खोर्सानेमा रहेको सृजना रेष्ट्रो एण्ड क्याफेमा हुने भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments