Friday, December 5, 2025
Homeफिचरप्रहरी महानिरीक्षकमा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रहरी महानिरीक्षकमा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

विराटचोकः सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्ले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गरेको हो । हालका महानिरीक्षक दीपक थापाले भदौ १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै प्रहरीको ३२ औं महानिरीक्षक टुङ्गो लगाएको हो ।

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुख हुनुहुन्छ ।

खापुङको पालामा नयाँ प्रहरी ऐन जारी भए उहाँको सेवाअवधि ६ महिना थपिनेछ । ऐन जारी नभए ३० वर्षे सेवा अवधिका कारण आगामी कात्तिक २६ गते उहाँको पदावधि सकिनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments