Friday, December 5, 2025
Homeफिचरसुनको भाउ तोलाको २ लाखभन्दा बढी, बनायो उच्च मूल्यको नयाँ रेकर्ड

सुनको भाउ तोलाको २ लाखभन्दा बढी, बनायो उच्च मूल्यको नयाँ रेकर्ड

विराटचोकः आज सुनको मूल्यले उच्च मूल्यको नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ बढेर २ लाखभन्दा माथि पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३६० रुपैयाँ निर्धारण भएको छ । सुनको भाउले यसअघि साउन २३  गते कायम भएको उच्च मूल्यको रेकर्ड तोडेको हो । सो दिन सुनको भाउ प्रति तोला १ लाख ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । हिजो पनि सुनको भाउ सोही मूल्यमा पुगेको थियो ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments