Friday, December 5, 2025
Homeफिचरलायन्स क्लब अफ सुन्दरदुलारीको पदस्थापन सम्पन्न

लायन्स क्लब अफ सुन्दरदुलारीको पदस्थापन सम्पन्न

गछियाः लायन्स क्लब अफ सुन्दरदुलारीको पदस्थापन बुधबार गोदावरी रिसोर्टमा सम्पन्न भएको छ । लायन्सका डिस्ट्रिक गभर्नर बबरजङ्ग थापालगायतका लायन्सकर्मीको उपस्थितिमा वर्ष २०२४\२०२५ का अध्यक्ष केन्द्रदीप पोखरेलले वर्ष २०२५\२०२६ का अध्यक्ष चन्द्र कोइरालालाई पदभार हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा लायन्सको सदस्यता लिएका ५ जना सदस्यलाई लायन्सको बारेमा जानकारी दिई परिचित गराउनुका साथै लियो क्लब गठन गर्न सदस्यता लिएका व्यक्तिलाई पनि परिचित गराइएको थियो ।

पहिलो सत्रको कार्यक्रमको अध्यक्षता वर्ष २०२४\२०२५ का अध्यक्ष केन्द्रदीप पोखरेलले गर्नुभएको थियो । दोस्रो सत्रको कार्यक्रमको अध्यक्षता वर्ष २०२५\२०२६ का अध्यक्ष चन्द्र कोइरालाले गर्नुभएको थियो भने सचिव तुलसा आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फरक क्षमताका व्यवसायी विनोद कार्कीलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा लायन्सकर्मीको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments