Friday, December 5, 2025
Homeफिचर२८०० बाट झर्याे बजार, ३८ अङ्कको गिरावट, बढ्यो कारोबार रकम

२८०० बाट झर्याे बजार, ३८ अङ्कको गिरावट, बढ्यो कारोबार रकम

विराटचोकः साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३८ दशमलव १० अङ्क घटेर २७८१ दशमलव ०० विन्दुमा झरेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको शेयर किनबेच भएकोमा बिहीबार ३२२ कम्पनीको ७८ हजार ३७९ पटकको कारोबारमा १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटे पनि विकास हाइड्रोपावरको शेयर लगातार सातौँ दिन पनि १० प्रतिशतले बढेको छ । ओरियन्टल होटलको शेयरमूल्य सर्वाधिक ४ दशमलव ७१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा बिहीबार नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहँदै ६५ करोड ४४ लाख ३ हजार ८२२ रुपैयाँको शेयर किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, शिवम् सिमेण्ट र युनाइटेड मोदी हाइड्रोपावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

बिहीबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ३८ प्रतिशत घटेको छ । सामुहिक लगानी कोष र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ४७ अर्ब १८ करोड ५१ लाख ९९ हजार ५०८ रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments