विराटचोकः आज हरितालिका तीजको दिन सुन र चाँदी दुवैको भाउ बढेको छ । योसँगै चाँदीको भाउले हिजो कायम गरेको उच्च मूल्यको रेकर्ड आज ब्रेक भएको छ । आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३६० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।







