Friday, December 5, 2025
Homeधर्म र संस्कृतिआज तीजकाे मुख्य दिन

आज तीजकाे मुख्य दिन

विराटचोकः आज नेपाली महिलाहरू हरितालिका अर्थात् तीज पर्व मनाउँदैछन् ।

महिलाहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दीर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति तथा अविवाहित महिलाले असल वर प्राप्तिका लागि पनि व्रत बस्ने गर्छन् । पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको व्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दू धर्ममा उल्लेख गरिएको छ । आफ्ना पिताले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी पार्वतीलाई उनका साथीहरूले हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सो स्थानमा नै पार्वतीले निर्जला ब्रत बसेको हुनाले हरितालिका व्रत भन्ने गरेको धार्मिक मान्यता रहेको छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ । अर्थात् साथीद्वारा हरण गरिएको भन्ने अर्थमा भाद्र शुक्ल तृतीयालाई हरितालिका तीजको रूपमा मनाउने गरिएको धार्मिक मान्यता छ । शास्त्रीय रूपमा महिला, पुरुष दुवैले हरितालिका तीजको व्रत गर्नुपर्ने भए पनि समाजमा भने महिलाले मात्रै व्रत बसेको पाइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments