Friday, December 5, 2025
Homeफिचरमेची बहुउद्देश्यीय सहकारीको बेलबारी सेवा केन्द्रको साधारणसभा सम्पन्न

मेची बहुउद्देश्यीय सहकारीको बेलबारी सेवा केन्द्रको साधारणसभा सम्पन्न

बेलबारीः मेची बहुउद्देश्यीय सहकारी संस्थाको २९ औं वार्षिकोत्सव तथा ३१ औं साधारणसभाअन्तर्गत बेलबारी सेवा कार्यालयको साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाका सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले गरेका कामका बारेमा जानकारी दिँदै अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बेलबारी सेवा कार्यालयमा हाल ६५० जना शेयर सदस्य रहेका छन् ।

आर्थिक वर्ष २०८१\८२ मा सो सेवा काया सेयर पुँजी ५० लाख ५१ हजार, बचत ४ करोड ६३ लाख, कर्जा लगानी ५ करोड ३२ लाख र वासलात ५ करोड ९४ लाख पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले वित्तीय कारोबारलाई चुस्त बनाउन पल्स प्रणाली अनुसार व्यवस्थापन गर्दै आएको जनाएको छ ।

संस्थाले शेयर सदस्यका छोराछोरीले सहकारी विषयमा विद्यावारिधि गर्न चाहेमा १ लाख रुपैयाँ खर्च उपलब्ध गराउने भएको छ । एसईईमा जिल्ला प्रथम हुनेलाई ५० हजार र ४ जीपीए ल्याउनेलाई उच्च शिक्षाका लागि २५ हजार सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।

सञ्चालक समिति अध्यक्ष भट्टराईले धेरै सदस्यलाई सानो सङ्ख्यामा लगानी गरेर उद्यमशील बनाउन तालिम, अध्ययन अवलोकन तथा उत्पादनको बजारीकरणमा सहयोग गर्ने योजनाबारे जानकारी दिनुभयो । उहाँले सदस्यलाई १० लाखसम्म उद्यमशील कर्जा नौ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने र आगामी तीन वर्षसम्म ब्याजदर नबढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोरङ सहकारी संस्था लिमिटेडका सचिव राकेश दाहालले शुभकामना व्यक्त गर्दै सहकारीसँग बाझिने कानुन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सदस्य दिनेश राई, रामबहादुर बस्नेत, क्यारोलिना पन्त, मनिसा पाण्डे र कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । शेयर सदस्य टीकाराम खत्रीका छोरा नोयन खत्रीलाई पनि सम्मान गरिएको थियो ।

साधारणसभामा सामान्य सुझाव दिने सदस्यलाई १०० रुपैयाँ र उत्कृष्ट सुझाव दिने ४० जना सदस्यलाई १,००० रुपैयाँसम्म प्रोत्साहनबापत प्रदान गरिने संस्थाले जनाएको छ । साधारणसभा बेलबारी सेवा कार्यालय प्रमुख रमेश क्षेत्रीले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रम बेलबारी सेवा कार्यालय व्यवस्थापन उपसमितिकी संयोजक सीता सुवेदीको अध्यक्षतामा भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments