Friday, December 5, 2025
Homeफिचरझण्डै ४९ प्रतिशत बढ्यो कृषि विकास बैंकको नाफा

झण्डै ४९ प्रतिशत बढ्यो कृषि विकास बैंकको नाफा

विराटचोकः कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ दशमलव ८८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ६ दशलमव ९३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७ दशमलव २१ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १ दशमलव ८४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४१ दशमलव २९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३ दशमलव ९१ प्रतिशतबाट घटेर ३ दशमलव २६ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७ पैसा बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ । १३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments