Friday, December 5, 2025
Homeफिचर२२ प्रतिशत बढ्यो हिमालयन बैंकको नाफा

२२ प्रतिशत बढ्यो हिमालयन बैंकको नाफा

विराटचोकः हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२ दशमलव १५ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ९ दशमलव ९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६० दशमलव ९८ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी ४ दशमलव ७२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८८ दशमलव ४१ प्रतिशत बढेको छ ।

२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २७ पैसा बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments