Friday, December 5, 2025
Homeफिचरसातामा २ प्रतिशतभन्दा बढी ओरालो लाग्यो नेप्से

सातामा २ प्रतिशतभन्दा बढी ओरालो लाग्यो नेप्से

विराटचोकः यस साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ । गत साता २८५० दशमलव ३७ विन्दुमा बन्द भएको नेप्से, यस साता २ दशमलव १८ प्रतिशत अर्थात ६२ दशमलव ०१ अंक घटेर २७८८ दशमलव ३६ बिन्दुमा अडिएको छ ।

सातामा ४ दिन करोबार भएको नेप्से सूचक १ दिन सामान्य अंक बढेको थियो भने ३ दिन घटेको थियो । यो साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औसतमा ९ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएको थियो भने यो साता दैनिक औसतमा ७ अर्ब ६९ करोडको शेयर किनबेच भएको छ ।

अन्य उपसमूहमात्रै बढ्यो
सातामा अन्य उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । यस साता अन्य उपसमूहको परिसूचक १ दशमलव ५१ प्रतिशत बढेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव १६ प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments