Friday, December 5, 2025
Homeफिचरनाफासँगै बढ्यो एनएमबि बैंकको प्रतिशेयर आम्दानी

नाफासँगै बढ्यो एनएमबि बैंकको प्रतिशेयर आम्दानी

विराटचोकः एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा ४६ दशमलव २२ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ११ दशमलव १४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २१ दशमलव ६२ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १४ दशमलव ३४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६४ दशमलव ४६ प्रतिशत बढेको छ ।

१८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ । बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिशेयर आम्दानी पनि ५ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ९० पैसा पुगेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments