विराटचोकः ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षमा ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव १० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ० दशमलव ८५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २० दशमलव १२ प्रतिशत र कुल सञ्चालन आम्दानी ३ दशमलव ०१ प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि १८ पैसा बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा रहेको छ । ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।







