Friday, December 5, 2025
Homeकृषिसुन्दरहरैंचामा ५ वर्षअघि आजकै दिन पुष्टि भएर नेपालमा देखा परेको थियो लम्पी...

सुन्दरहरैंचामा ५ वर्षअघि आजकै दिन पुष्टि भएर नेपालमा देखा परेको थियो लम्पी स्किन

गोठगाउँः पछिल्लो समय नेपालमा लम्पी स्किन रोग फैलिइरहेको छ । हाल मोरङको सुन्दरहरैंचा नगरपालिका र आसपासका पशुमा यो रोग देखा परेको छ । यो रोगको खासै उपचार नभएको पशु चिकित्सक बताउँछन् ।

अफ्रिकामा उत्पत्ति भएको यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्व, युरोप हुँदै एशियाको बङ्गालादेश तथा भारतमा आएको थियो । नेपालमा मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकाका गाईहरुमा वि.सं २०७७ साल असार महिनााम पहिलो पटक लम्पी स्किनको लक्षणसँग मिल्दो रोेग देखिएको थियो । २०७७ साउन १२ गते सो रोग लम्पी स्किन नै भएको पुष्टि भएको थियो ।

घरेलु उपचारमा निम र फिट्किरीका साथै बेसार
यो रोगको संक्रमण बढ्न नदिन घरेलु उपचार निम र फिट्किरीको प्रयोग उपयुक्त हुने पशु चिकित्सक बताउँछन् । घाउमा झिँगा बस्न नदिन बेसार पनि प्रयोग गर्न सकिने पशु चिकित्सकको भनाइ छ ।

लक्षणः
गोलोगोलो गिर्खा देखिने तथा ज्वरो आउने लक्षण देखिने यो रोग लागेका पशुको ज्वरो धेरै बढेमा ज्वरो घटाउने औषधी प्रयोग गर्ने गरिन्छ । गिर्खा फुटेर घाउ भएमा सामान्य औषधी प्रयोग गर्ने गरिन्छ । मृत्युदर १० प्रतिशतभन्दा कम भएको यो रोग लागेका धेरै पशु घरेलु उपचारबाट नै निको हुने बताइन्छ ।

उन्नत जातका गाईमा बढी संक्रमण
पशु चिकित्सकका अनुसार हालसम्म उन्नत जातका गाईमा यो रोग बढी देखिएको छ । स्थानीय जातका गाईभैंसीमा कम देखिने यो रोग भेडा तथा बाख्रामा भने हालसम्म देखिएको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments