Friday, December 5, 2025
Homeफिचरआर्थिक वर्षको पहिलो दिन पौने ३ प्रतिशत बढ्यो नेप्से, अन्य समूह बढ्यो...

आर्थिक वर्षको पहिलो दिन पौने ३ प्रतिशत बढ्यो नेप्से, अन्य समूह बढ्यो सर्वाधिक ५ प्रतिशत

विराटचोकः आर्थिक वर्षको पहिलो दिन बिहीबार नेपाली शेयर बजार सूचक मापक नेप्से परिसूचक ७५ दशमलव ८४ अङ्क अर्थात् २ दशमलव ७१ प्रतिशतले बढेर २८७० दशमलव ६३ विन्दुमा पुगेको छ ।

१३ वटै उपसमूहको परिसूचक बढेको दिन बिहीबार सबैभन्दा धेरै अन्य उपसमूहको परिसूचक ५ दशमलव ०९ प्रतिशत बढेको छ ।

बिहीबार ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर १ लाख ४१ हजार ४३४ पटक किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँको शेयर कारोबार भएको छ । कारोबार रकम गत भदौ ११ गतेभन्दा पछिको धेरै हो । सो दिन साढे १८ अर्बभन्दा बढीको शेयर कारोबार भएपछि यति धेरै रकमको कारोबार भएको थिएन ।

बजार बढेसँगै ट्रेड टावर, शुभम् पावर र थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ । ट्रेड टावरको आइपीओ सूचीकृतपछि बिहीबार पहिलो दिन कारोबार भएको हो । बिहीबार ९ वटा कम्पनीको मात्रै शेयरमूल्य घटेको छ । सबैभन्दा धेरै माइखोला हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव ७६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा बिहीबार नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार ८४ करोड ४२ लाख ७३ हजार ६४८ रुपैयाँको शेयर किनबेच भएको छ । बुटवल पावर कम्पनी, राधी विद्युत कम्पनी, सानिमा माइ हाइड्रोपावर र ङादी ग्रुप उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ८३ अर्ब ३७ करोड ६० लाख १० हजार ८५ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments