Friday, December 5, 2025
Homeफिचरपूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौंः पूर्व निर्वाचन आयुक्त इला शर्माको ६२ वर्षको उमेरमा निधन भएको छ । उहाँ दिउँसो छाती दुख्यो भनेर उपचार गराउन नर्भिक अस्पताल जानुभएको थियो । साँझ उहाँलाई मृत घोषणा गरिएको थियो । चिकित्सकहरुका अनुसार ‘कार्डियाक अरेस्ट’ का कारण उहाँको निधन भएको हो ।

पूर्वपत्रकार समेत रहेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

उहाँका दुई छोरी छन् ।

उहाँको पार्थिव शरीरको आज अन्त्येष्टि गरिने भएको छ ।

पछिल्लो समय उहाँ सिटिजन्स बैंक इन्टरनेसनलको निर्देशक हुनुहुन्थ्यो ।

शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments