विराटचोकः स्वास्थ्य बीमा कार्यक्रममार्फत् आगामी आर्थिक वर्षदेखि विभिन्न ८ किसिमको रोग लागेका बिरामीले २ लाख रुपैयाँसम्मको उपचार निःशुल्क पाउने भएका छन् ।
‘स्वास्थ्य बीमा कार्यक्रमको अर्को नयाँ पाइलका रूपमा कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत् २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं ।’ स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
मन्त्री पौडेलका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।







