विराटचोकः लगातार दुई दिन घटेको शेयर बजार आज दाहोरो अंकले बढेर पुनः २७०० कै लाइनमा पुगेको छ । आज नेप्से परिसूचक ० दशमलव ८२ प्रतिशत अर्थात २२ दशमलव ०४ अंकले बढेर २ हजार ७०५ दशमलव ९० बिन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३१६ वटा कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर ६२ हजार ८८४ पटक किनबेच हुँदा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छाउँदा बैंकिङ समूह सर्वाधिक १ दशमलव ९० प्रतिशतले बढेको छ ।
आज राधी विद्युत कम्पनीको सर्वाधिक ४६ करोड ७१ लाख ४६ हजार ५०१ रुपैयाँको शेयर किनबेच भएको छ । बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रो लाइफ र नेपाल पुनर्बीमा कम्पनी उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
वरुण हाईड्रोपावरको शेयरमूल्य आज सर्वाधिक अर्थात ६ दशमलव २१ प्रतिशतले बढेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ४ दशमलव ४१ प्रतिशतले तल झरेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ८ अर्ब ४२ करोड ८२ लाख ८८ हजार ४१६ रुपैयाँ कायम भएको छ ।







