Friday, December 5, 2025
Homeफिचरसाउन १७ गते श्वेतगंगा हाइड्रोपावरको लक इन अवधि सकिने

साउन १७ गते श्वेतगंगा हाइड्रोपावरको लक इन अवधि सकिने

विराटचोकः श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको शेयरको ‘लक इन’ अवधि साउन १७ गते सकिने भएको छ ।

लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीसँग भएको शेयर बिक्री गर्न मिल्छ । कम्पनीले सर्वसाधारणलाई शेयर बाँडफाँड गरेको मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

सो कम्पनीको ७३ लाख कित्ता संस्थापक शेयर, १५ लाख ९३ हजार कित्ता स्थानीयको शेयर र ७ लाख ९६ हजार ५०० कित्ता कर्मचारीको शेयर लक इन रहेको छ । सोही शेयरको लक इन खुला हुने भएको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments