विराटचोकः आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) सूचक दोहोरो अङ्क अर्थात् २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७३१ दशमलव ८० विन्दुमा रोकिएको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३१२ वटा कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर ८८ हजार ६१५ पटक किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँको शेयर कारोबार भएको छ ।
बैंकिङ समूह सर्वाधिक ३ दशमलव १५ प्रतिशतले बढ्दा विकास बैंक समूह १ दशलव २३ प्रतिशत र लघुवित्त १ दशमलव ७५, प्रतिशत बढेका छन् । सामुहिक लगानी कोष ० दशमलव ९७, फाइनान्स ० दशमलव ७४, निर्जीवन बीमा ० दशमलव ४९, उत्पादन तथा प्रशोधन ० दशमलव ४१, होटल ० दशमलव २६, अन्य समूह ० दशमलव २४ र लगानी समूह ० दशमलव १९ प्रतिशतले बढ्दा व्यापार समूह र जलविद्युत समूह भने क्रमशः १ दशमलव १० र ० दशमलव १८ प्रतिशतले घटेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ५७ करोड ५ लाख ७७ हजार २१३ रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर, सानिमा बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिईडिबि होल्डिङ उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।
आज माईखोला हाईड्रोको शेयरमूल्य सर्वाधिक ८ दशमलव १५ प्रतिशतले बढ्दा माण्डु हाइड्रो, समता घरेलु लघुवित्त, भगवती हाईड्रोको र सानिमा बैंक शेयरमूल्य उच्च बढ्ने कम्पनीमा परेका छन् ।
बजार बढे पनि आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९२ प्रतिशतले घट्दा राप्ती हाईड्रो, सिन्धु विकास बैंक, पञ्चकन्या माई हाईड्रो र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ५१ अर्ब ५७ करोड २८ लाख ७६ हजार ७६४ रुपैयाँ कायम भएको छ ।







