विराटचोकः हिम स्टार उर्जा कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९५० कित्ता आईपीओ बिक्री गर्ने भएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत खरीदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
आइपीओ बिक्री बन्द छिटोमा असार २७ गते हुनेछ । सो अवधिसम्ममा सबै शेयर बिक्री नभएमा साउन ६ गतेसम्म आवेदन दिने मिति लम्बिने बिक्री प्रबन्धकले जनाएको छ ।







