विराटचोकः सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचोकमा रात्रिकालीन बजार सञ्चालन गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ ।
विराटचोकस्थित सार्वजनिक पुस्तकालयमा शनिबार सम्पन्न छलफलमा विराटचोकको दक्षिणलाइनमा रहेको वाकिङ स्ट्रिट क्षेत्रमा रात्रिकालीन बजार सञ्चालन गर्ने विषयमा छलफल गरिएको हो ।
संघका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा भएको छलफलमा सहभागी व्यवसायी, सरोकारवाला तथा स्थानीय प्रतिनिधिहरूले रात्रिकालीन बजार सम्बन्धित निकायहरूसँग समन्वय गरी लगाउनुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष कार्कीका अनुसार रात्रिकालीन बजार लगाइने क्षेत्रका घरधनीसँग अर्काे बैठकमा छलफल गरिने भएको छ ।







