Friday, December 5, 2025
Homeफिचरपिपुल्स पावरले आजदेखि ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने

पिपुल्स पावरले आजदेखि ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने

विराटचोक: पिपुल्स पावरले आजदेखि ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्न लागेको हो ।

हकप्रदन बिक्री प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको हुनाले असार १ गतेसम्म कायम लगानीकर्ताले हकप्रद खरीद गर्न पाउनेछन् । सो हकप्रद शेयरमा लगानीकर्ताले साउन ११ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

बिक्री प्रबन्धकका अनुसार प्रभु क्यापिटल तथा प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट हकप्रद खरीदका लागि आवेदन दिन सकिनेछ । धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत् पनि आवेदन दिन सकिनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments