Friday, December 5, 2025
Homeअर्थसुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा भएको करदाता शिक्षा अभिमुखीकरणमा व्यवसायीको उल्लेख्य सहभागिता

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा भएको करदाता शिक्षा अभिमुखीकरणमा व्यवसायीको उल्लेख्य सहभागिता

विराटचोकः सोमबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आयोजना गरेको करदाता शिक्षा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो ।

करदाता सेवा कार्यालय विराटचोकका कर अधिकृत हरेश्वर मिश्रले सहजीकरण गर्नुभएको कार्यक्रम संघका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष, वर्तमान कार्यसमितिका पदाधिकारी तथा उद्योगी र व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०८२\०८३ को सरकारको नयाँ कर नीति, कर छुट तथा आर्थिक विधेयक २०८२ मा समेटिएका करसम्बन्धी विषयको बारेमा व्यवसायीलाई प्रष्ट्याइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments