विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको १६ औँ नगरसभा हिजो शुरु भएको छ । सो नगरसभामा नगरप्रमुख केदारप्रसाद गुरागाईंले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
आइतबार नगरपालिकाको सभाहलमा आयोजित सभामा उहाँले २१ पेज लामो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सो नीति तथा कार्यक्रममाथि भोलि बिहान बस्ने कार्यपालिका बैठकमा छलफल हुने भएको छ ।
दिउँसो २ बजे बस्ने अर्काे बैठकले नीति तथा कार्यक्रम पारित गर्दै बजेट प्रस्तुत गर्ने भएको छ ।







