Friday, December 5, 2025
Homeफिचरपथरीमा कानुन पत्रकारिता तालिम

पथरीमा कानुन पत्रकारिता तालिम

पथरीः नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा पथरीशनिश्चरेमा कानुन पत्रकारिता तालिम सम्पन्न भएको छ ।

शनिबार भएको तालिममा कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता रूपेश कोइराला र राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयालले सहजीकरण गर्नुभएको थियो ।

तालिममा कानुनी विषयवस्तु, अदालती क्रियाकलापमा पत्रकारिताको भूमिका, पत्रकारितामा आचारसंहिता र विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो ।

पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सदस्य ईश्वर दुलालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments