Wednesday, December 25, 2024
Homeअर्थयी संस्थाबाट सरकारले दुई दिनमै उठायो साढे १२ अर्ब राजस्व

यी संस्थाबाट सरकारले दुई दिनमै उठायो साढे १२ अर्ब राजस्व

काठमाडौंः ठूला करदाता कार्यालयले संस्था मर्जबाट हुने लाभ (बार्गेन पर्चेज) र एफपिओको लाभबाट हुने लाभकर अन्तर्गत दुई दिनमा झण्डै साढे १२ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

शुक्रबार ३० संस्थाले ११ अर्ब ३ करोड यस्तो कर दाखिला गरेका थिए । शनिबार थप ११ संस्थानले एक अर्ब ४४ करोड रुपैयाँ दाखिला गरेका ठूला करदाता कार्यालयले जनाएको छ ।

४१ वटा संस्थाले नै एफपिओबाट हुने लाभको कर बुझाएका छन् भने तीमध्येका १४ वटा संस्थाले मर्जरबाट भएको लाभको कर पनि बुझाएका छन् । यी दुवै शीर्षकमा पहिलो पटक कर उठाइएको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक ऐनको दफा २६ र २७ मा जरिवाना र ब्याज छुटको प्रावधान लिएर यस्तो करमा सहभागी हुनलाई प्रोत्साहन गर्ने नीति लिएका थिए । ऐनमा यस्तो व्यवस्था गरिएपछि बैंकरहरूले असन्तुष्टि जनाएर कानुनी उपचारमा गए पनि १६ बैंकहरूले हालेको रिट बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गर्दै मंसिरभित्र राजस्व बुझाएमा ब्याज र हर्जाना छुट हुने फैसला गरेको थियो ।

यसअघि महालेखा परीक्षकको कार्यालयले पटक पटक यस्तो कर उठाउनको लागि सरकारलाई निर्देशन जारी गर्ने गथ्र्याे ।
यी संस्थाले बुझाए करः

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments