Friday, December 5, 2025
Homeफिचरलगातार पाँचौँ दिन घट्यो शेयर बजार

लगातार पाँचौँ दिन घट्यो शेयर बजार

विराटचोकः लगातार पाँचौँ दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से सूचक ४६ दशमलव ३३ अंकले घटेर २७७२ दशमलव १० अंकमा अडिएको छ । सबै समूहका सूचक घटेको दिन आज १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँको शेयर किनबेच भएको छ ।

आज ३ सय १५ कम्पनीको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर १ लाख १२ हजार ३४७ पटक कारोबार भएको थियो । आज पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब १२ करोड ४८ लाख ४९ हजार ९६४ रुपैयाँको शेयर किनबेच भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा नेपाल पुनर्बिमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सिइडीबी होल्डिङ लगायत रहेका छन् ।

बजार घटे पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, भूगोल इनर्जी र आइसीएफसी फाइनान्सको ऋणपत्रको शेयरभाउ १० प्रतिशत बढेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशत घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब २ अर्ब ९५ करोड १६ लाख ९३ हजार १४३ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments