Friday, December 5, 2025
Homeखेलकुदतरहरा रनमा ह्वील चेयर प्रयोगकर्ताका साथै २ देखि ८१ वर्षीयसम्म सहभागी

तरहरा रनमा ह्वील चेयर प्रयोगकर्ताका साथै २ देखि ८१ वर्षीयसम्म सहभागी

तरहराः शनिबार भएको दोस्रो तरहरा अर्गानिक १० किलोमिटर दौडमा ह्वील चेयर प्रयोगकर्ताका साथै २ वर्षीय बालकदेखि ८१ वर्षीया वृद्वासम्म दौडिएका छन् । सो दौडमा देशबाहिरका प्रतिष्पर्धीको पनि सहभागिता थियो ।

तरहरा चोकबाट शुरू भएको दौड प्रतियोगितामा ब्रम्हपुर, भवानीपुर, अमाहा, कराइबन हुँदै इटहरी १ को वडा कार्यालय नजिकैबाट आँपगाछी निस्किएर पुनः तरहरा चोक पुग्ने रुट तोकिएको थियो । विभिन्न आठ वटा विधामा प्रतियोगिता भएको थियो ।

जसअनुसार १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी भएका थिए । उनीहरूमध्ये छात्रतर्फ प्राविधिक कारणले गर्दा पुरस्कार वितरण गरिएन भने छात्रातर्फ रेश्मा दर्जी १३ मिनेट ५३ सेकेण्डमा दौड पूरा गर्दै पहिलो हुनुभयो । करिना राईले १४ मिनेट ३४ सेकेन्डमा र स्वेता चौधरीले १४ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै त्रमशः दोस्रो तेस्रो स्थान हासिल गर्नुभयो । उहाँहरुले नगद पाँच हजार, तीन हजार र दुईहजारसहित प्रमाणपत्र, मेडल र ट्रफी पाउनुभयो ।

यसैगरी १६ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू १० किलोमिटर दौडमा सहभागी भए । जसमा छात्रतर्फ पवन राईले ३८ मिनेट ३५ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो हुँदा श्यामतुम्मा राईले ३८ मिनेट ५४ सेकन्ड र रुपेश माझीले ३९ मिनेट ९ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो हुनुभयो ।

छात्रातर्फ जुही राईले ४४ मिनेट ४२ सेकेन्डमा, पूजा महतराले ४५ मिनेट ३६ सेकेन्डमा र विनिता राईले ४६ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्नुभयो । छात्र र छात्रा दुवैतर्फ क्रमशः १० हजार, सात हजार र पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र दौड विजेताले पाउनुभयो ।

१६ देखि ४० वर्ष उमेर समूहकाहरूमध्येबाट १० किलोमिटर दौडमा पुरुषतर्फ केन्याका जुलियस मुरियुकीले ३१ मिनेट ६ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभयो । गजेन्द्र राईले ३२ मिनेट ७ सेकन्डमा र सरोज लिम्बूले ३२ मिनेट ९ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र तेस्रो हुुनुभयो ।

महिलातर्फ पूर्णलक्ष्मीले ३८ मिनेट १० सेकेन्ड, सुनकला राईले ४७ मिनेट २० सेकेन्ड र दीक्षा राईले ५० मिनेट २० सेकेन्डमा दौड पूरा गर्दै क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । पुरुष र महिला दुवैतर्फका विजेताले नगद ३० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नुभयो ।

रनका संयोजक मीनकुमार खवासका अनुसार सबैभन्दा कम उमेर भएका २ वर्षीय क्रियान्स खत्री र सबैभन्दा बढी उमेर समूह ८१ वर्षीया देवीमाया गिरी पनि दौडमा सहभागी हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments