विराटचोकः इन्द्रपुर जेसीज र इन्द्रपुर जुनियर जेसीजको संयुक्त आयोजनामा हिजो सम्पन्न ‘नारी सम्मान’ कार्यक्रममा आप्रवासी महिला कामदार समूह मोरङकी अध्यक्ष उमा सेढाई सम्मानित हुनुभएको छ ।
महिला सशक्तिकरणमा उल्लेखनीय योगदान दिनुका साथै विशेषगरी आप्रवासी महिला कामदारहरूको हकहितका लागि गरेको अनवरत प्रयास अत्यन्तै प्रेरणादायी रहेको भन्दै जेसीजले अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।
सम्बन्धित समाचारहरू
आप्रवासी महिला कामदारको हितमा सङ्गठित रुपमा काम गर्दै उमा सेँढाई (नारी दिवस विशेष ११)
गछिया जेसीजद्वारा नारी दिवसमा नेपालकै दोस्रो होची महिला मालती ऋषिदेव सम्मानित









