गछियाः नारी दिवसको अवसर पारेर गछिया जेसीजले नेपालकै दोस्रो होची महिला मालती ऋषिदेवलाई उहाँकै घरमा पुगेर सम्मान गरेको छ ।
हिजो बिहान गछिया जेसीजका पदाधिकारी, पूर्व अध्यक्ष, जेसीज सदस्यलगायतको टोली सुन्दरहरैंचा ४ बडहरास्थित ऋषिदेवको घरमा पुगेको थियो । सुन्दरहरैंचा वडा नम्बर ४ का पूर्व वडाध्यक्ष शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा मालतीको घरमा पुगेर जेसीजले सम्मान गरेको हो ।
गछिया जेसीजले मालतीको परिवारलाई चामल, आँटा, अण्डालगायतका खाद्यपदार्थका साथै नगद सात हजार रुपैयाँ प्रदान गरेको थियो ।
नेपालकै दोस्रो होची महिला मालती ऋषिदेव (नारी दिवस विशेष १)








