Friday, December 5, 2025
Homeफिचरआधा मत गन्दा एमाले मोरङमा महिला उपसचिवबाहेक अन्य पदमा संस्थापनइतर समूह अगाडि

आधा मत गन्दा एमाले मोरङमा महिला उपसचिवबाहेक अन्य पदमा संस्थापनइतर समूह अगाडि

विराटनगरः नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानको मतगणना जारी छ । आज बिहान साढे ३ बजेसम्म ४३९ मतगणना हुँदा अध्यक्षसहित पाँच जना पदाधिकारीमध्ये संस्थापनइतर समूहका ४ जना अगाडि देखिएका छन् । निर्वाचनमा ८८८ जनाले मतदान गरेका थिए ।

सो समूहको प्यानलबाट उम्मेद्वार रहेका अजम्बर राईले २२५ मत ल्याउँदा संस्थापन समूहका राजकुमार ओझाले २०२ मत पाउनुभएको छ ।

उपाध्यक्ष पदमा राई प्यानलका सागर थापाले २२८ र ओझा प्यानलकी शान्तिकुमारी लिम्बूले १८२ मत पाउनुभएको छ ।

सचिव पदमा राई प्यानलका सोमराज थापाले २३० मत र ओझा प्यानलका रविन थापाले १८० मत ल्याउनुभएको छ ।

उपसचिव पदमा राई प्यानलका सन्तोष बान्तवाले २३९ मत ल्याउँदा ओझा प्यानलका इर्जालाल राजवंशीले १६३ मत ल्याउनुभएको छ ।

महिला सहसचिवमा ओझा प्यानलकी शिल्पा निराला कार्कीले २०७ मत ल्याउँदा राई प्यानलकी उषा झाले २०४ मत ल्याउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments