Friday, December 5, 2025
Homeफिचरलगातार चौथो दिन घट्यो नेप्से

लगातार चौथो दिन घट्यो नेप्से

विराटचोकः बिहीबार नेप्से परिसूचक ० दशमलव ०९ प्रतिशत अर्थात् २ दशमलव ७० अङ्कले घटेर २ हजार ८१८ दशमलव ४३ बिन्दुमा अडिएको छ । नेप्सेमा लगातार चौथो दिन गिरावट आएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३१० वटा कम्पनीको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता शेयर बिहीबार ९३ हजार ८९५ पटक किनबेच हुँदा १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतिँदा बिहीबार विकास बैंक समूह सर्वाधिक बढेको छ । जीवन बीमा समूह सर्वाधिक घटेको छ ।

बिहीबार हिमालयन रि इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी दुवैको १ अर्बभन्दा बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको १ अर्ब १२ करोड ८३ लाख ६२ हजार १६८ रुपैयाँको बढीको कारोबार भयो । सो कम्पनीको १० लाख २५ हजार ५१ कित्ता शेयर किनबेच भएको हो । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोड, १ लाख ९३ हजार १५३ रुपैयाँको शेयर कारोबार भयो । सो कम्पनीको ७ लाख ९८ हजार १९० कित्ता शेयर किनबेच भएको हो ।

एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाईड्रो र फस्र्ट माइक्रोफाइनान्स उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

बजार घटे पनि गार्डियन माइक्रो लाइफ र भूगोल इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढ्दा उपकार लघुवित्त, राप्ती हाईड्रो र महालक्ष्मी विकास बैंक उच्च मूल्य बढ्ने अन्य कम्पनी रहेका छन् ।

गुराँस लघुवित्त र लाइफ इन्स्योेरेन्स कम्पनी उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ७९ अर्ब ८८ करोड ५२ लाख ४७ हजार ४७३ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments