Friday, December 5, 2025
Homeफिचरधर्मदेवीमा स्थानीय तह परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

धर्मदेवीमा स्थानीय तह परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

धर्मदेवीः शान्ति भोलेन्टियर एसोसिएसन नेपाल र रिड नेपालद्वारा आयोजित स्थानीय तह परियोजना सल्लाहकार समितिको बैठक धर्मदेवी नगरपालिकामा सम्पन्न भएको छ । धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सो परियोजनाले विभिन्न क्षेत्रमा सामुदायिक पुस्तकालय निर्माण गर्दै आएको गणेश श्रेष्ठले बताउनुभयो ।सुविधाजनक पुस्तकालय धर्मदेवी नगरपालिकाभित्र पनि निर्माणाधीन अवस्थामा छ ।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले अपाङ्गमैत्री सो पुस्तकालय सबै वर्गका लागि उपयोगी हुने बताउनुभयो ।

रिड नेपालका कार्यक्रम अधिकृत साजन थापाले स्थानीय सरकारको नीति, कार्यक्रम परियोजनासँग मिल्ने तालिम कार्यक्रम समावेश गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

धर्मदेवी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष भिम लिंखाले अहिले सीप सिकेर पनि अन्तर्राष्ट्रिय क्षेत्रमा सिपको मूल्य नहुने र यो पुस्तकालयले सीपसँगै अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र दिने विश्वास व्यक्त गर्नुभयो । पुस्तकालयका कारण पर्यटनमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।

परियोजनाले विभिन्न किसिमको तालिम पनि सञ्चालन गर्दै आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments