विराटचोकः लगातार नौ दिन बढेको नेपाली शेयर बजारमा आज दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ४७ प्रतिशत अर्थात १३ दशमलव ६२ अंकले घटेर २ हजार ८७६ दशमलव ६६ बिन्दुमा अडिएको छ ।
आज शेयर बजारमा ३०० वटा कम्पनीको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर १ लाख ३९ हजार ५५५ पटक कारोबार हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँको शेयर किनबेच भएको छ ।
५ वटा समूहको सूचकमा हरियाली छाएको बजारमा आज अन्य समूह सर्वाधिक अर्थात १ दशमलव ६८ प्रतिशतले बढ्दा सामुहिक लगानी कोष १ प्रतिशत, जीवन बीमा समूह ० दशमलव ७७ प्रतिशत, निर्जीवन बीमा समूह ० दशमलव ४६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ० दशमलव २५ प्रतिशतले बढेका छन् ।
आज होटल समूह सर्वाधिक अर्थात १ खदशमलव ८८ प्रतिशतले घटेको छ । आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ३८ करोड ७४ लाख ४७ हजार ९२४ रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनीको आज ७३ करोड ४२ लाख २ हजार ९२९ रुपैयाँ, हिमालयन डिस्टिलरीको ३६ करोड ३७ लाख ८४ हजार ९८३ रुपैयाँ, एचआईडीसीएलको संस्थापक शेयर ३४ करोड १९ लाख ५३ हजार ३९० रुपैयाँ र सिन्धु विकास बैंकको २७ करोड ८२ लाख ४३ हजार ४७८ रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार घटे पनि आज गार्डियन माइक्रो लाइफको शेयरमूल्य १० प्रतिशतले बढ्दा दिव्यश्वरी हाईड्रोपावर, सिन्धु विकास बैंक र हिमालयन रि इन्स्योरेन्स उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।
आज पनि समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् १० प्रतिशतले घट्दा उपकार लघुवित्त, बाराही हाईड्रो, सपोर्ट माइक्रोफाइनान्स र भूगोल इनर्जी उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
बजार घटेसँगै नेप्सेको समग्र बजार पूँजीकरण ४७ खर्ब ७६ अर्ब ५७ करोड ९१ लाख ६० हजार १३३ रुपैयाँ कायम भएको छ ।







